काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि रहेको भन्दै कसैले पनि अतिक्रमण गर्ने कुरा स्वाभाविक हुनै नसक्ने बताएका छन् ।
आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकका क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले राज्यले कूटनीतिक प्रयासमार्फत यसको समाधान गर्नुपर्ने बताए ।
उनले भने, “प्रभावकारी कूटनीतिक प्रयास अहिलेसम्म हुन सकेन । त्यो कुरा सञ्चारमाध्यममा बोल्ने, सामाजिक सञ्जालमा बोल्ने विषय मात्र बन्यो । तर, प्रभावकारी कूटनीतिक प्रयास भएन,” ।
लिपुलेक र लिम्पियाधुराको विषयमा सरकारले प्रभावकारी कूटनीतिक प्रयास गर्न सके कांग्रेसले त्यसमा मद्दत गर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्