Banner News

मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता, धर्म र संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्छ: राष्ट्रपति पौडेल



काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास पुग्ने बताएका छन् ।

रामनवमी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एव भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बिचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।