Banner News

सरकारका सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग रहन्छ: सभापति थापा



काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका सकारात्मक प्रयासमा कांग्रेसको रचनात्मक सहयोग रहने बताएका छन् ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

सभापति थापाले फेसबुकमा लेखेका छन्, ‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ ।’