राजनीति

बालेनलाई बधाई दिँदै मोदीले भने, ‘तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु’



काठमाडौँ, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।

शुक्रबार दिउँसो फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् । मोदीले बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पुर्‍याउन उत्सुक रहेको पनि बताएका छन् ।

मोदीले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई । तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो । भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु ।’