Banner News

केपी ओली पक्राउबारे एमाले सचिवालयले गर्यो ४ निर्णयहरु (सूचीसहित)



काठमाडौँ, १४ चैत । नेकपा (एमाले) सचिवालय बैठकले चार वटा निर्णयहरु गरेको छ ।

आज च्यासलमा बसेको सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागहरु गरेको छ । सचिबालयको बैठकले निम्न कार्यक्रमहरू तय गरिएको छ,

१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने ।