राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौँ, १६ चैत । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । अन्य मुद्दाका व्यक्तिहरुलाई पनि धमाधम पक्राउ गरेको छ ।