राजनीति

उच्च अदालत पाटनका न्यायाधीशद्वयविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा



काठमाडौँ, १७ चैत । उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको हो ।

सोमबार अवहेलना मुद्दा दर्ता गरिएको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले न्यायाधीशद्वय भण्डारी र बास्तोलाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

न्यायाधीशद्वयले फैसला गर्दा सर्वोच्चबाट प्रतिपादित नजिर र बाध्यकारी कानुनी सिद्धान्त मिचेको आरोप लगाइएको छ । न्यायाधीशविरुद्ध विरलै मात्रामा अवहेलना मुद्दा दर्ता हुने गरेको छ । 

उक्त मुद्दामा सुनुवाइका निम्ति बुधबार (चैत १८)को पेसी तय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।