काठमाडौँ, १९ चैत । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् ।
उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको हो । यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।
भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो ।
भट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ ।










प्रतिक्रिया दिनुहोस्