Banner News

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ, २० चैत । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । 

सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए ।प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो । आजको बैठकले उनको अभिव्यक्ति र विकसित घटनाक्रमबारे छलफल गर्नेछ । 

उपाध्यक्ष थापाको अभिव्यक्तिप्रति अर्का उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका थिए ।