राजनीति

सभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज



काठमाडौँ, २० चैत । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । 

तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ । चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ ।