एजेन्सी, २० चैत । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा औद्योगिक क्षेत्रको सशक्त प्रदर्शनका कारण भएको सरकारी तथ्याङ्कले जनाएको छ ।
पाकिस्तान तथ्याङ्क विभागका अनुसार औद्योगिक क्षेत्र ७.४० प्रतिशतले वृद्धि भई अर्थतन्त्रको प्रमुख चालक बनेको छ । सेवा क्षेत्र ३.६९ प्रतिशत र कृषि क्षेत्र १.७६ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्क राष्ट्रिय लेखा समितिको ११६औँ बैठकबाट अनुमोदन गरिएको हो । उक्त समितिले पहिलेका तथ्यांकहरूमा पनि केही संशोधन गरेको छ ।
पहिलो त्रैमासको आर्थिक वृद्धि दर ३.७१ प्रतिशतबाट घटाएर ३.६३ प्रतिशत कायम गरिएको छ । कृषि र औद्योगिक क्षेत्रको तथ्यांक घटाइएका कारण यस्तो संशोधन गरिएको हो ।
पहिलो त्रैमासमा कृषि क्षेत्रको वृद्धि २.७२ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धि ८.८६ प्रतिशत कायम गरिएको छ । सेवा क्षेत्र भने केही सुधार भई २.४४ प्रतिशत पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्