राजनीति

मन्त्रीहरूको वरीयतामा व्यापक हेरफेर



काठमाडौँ, २४ चैत । मन्त्रिपरिषद्का सदस्यको वरीयतामा व्यापक हेरफेर गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्लेले नै निरन्तरता दिइएको छ । तेस्रो वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाललाई तोकिएको छ । उनी यसअघि चौथो वरीयतामा थिए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको वरीयता बढाइएको छ । उनलाई चौथो वरीयतामा राखिएको छ । उनी यसअघि छैटौँ वरीयतामा थिए । 

गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौँमा तोकिएको छ । उनी यसअघि तेस्रो वरीयतामा थिए ।