राजनीति

राष्ट्रपति पौडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सम्बोधन गर्ने



काठमाडौँ, २५ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बाेधन गर्ने तय भएको जानकारी दिए । ‘राष्ट्रपति कार्यालयबाट सचिवालयमा भर्खर पत्र प्राप्त भएको छ । उहाँले चैत २७ गते दिउँसो ३ बजे संयुक्त सदनलाई सम्बोधन गर्ने भन्दै त्यसको व्यवस्था मिलाउन भनिएको छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने ।