राजनीति

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता



काठमाडौँ, २७ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

आज भएको भेटवार्ताको तस्वीर सेयर गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूलाई खुसी लागेको बताएका छन् ।

साथै, विभिन्न क्षेत्रमा सहकार्य गरेर भारत–नेपाल साझेदारीको पूर्ण सम्भावनाबारे छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।