राजनीति

ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा



धादिङ, ३० चैत । ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिएको छ ।

आज ज्वालामुखी गाउँपालिका-४ ढोलामा विशेष कार्यक्रमसहित प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ज्वालामुखी मुलुकको पहिलो सफा तथा स्वच्छ गाउँपालिका बनेको घोषणा गरे । मौलिक हक र सरसफाइसम्बन्धी रणनीतिक योजनाहरू कार्यान्वयन गर्दै ज्वालामुखी गाउँपालिकाले सफा तथा स्वच्छ पालिकाका रूपमा घोषणा गरेको हो ।

ज्वालामुखी गाउँपालिकामा ६ हजार ७९ घरधुरी छन् । त्यसमध्ये पाँच हजार ४३३ घरधुरी आवासको रूपमा प्रयोग भइरहेका छन् । सबै घरधुरीमा सुरक्षित र शुद्ध पानी, शौचालय, चुलोलगायत स्वच्छताका आधारको प्रयोग भइरहेको दावी गरिएको छ ।