राजनीति

प्रधानमन्त्री साहद्वारा नयाँ वर्षको शुभकामना



काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री बालेन्द्र साहले नयाँ वर्ष २०८३ सालको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

उनले भनेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।

सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥

हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।

सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।

नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’