राजनीति

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौँ, ३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको सभापतित्वमा बैठक दिउँसो १२ः १५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनुका साथै अन्य विविध विषय पनि कार्यसूची रहेको बताइएको छ ।