काठमाडौँ, ४ बैशाख । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले शिष्टाचार भेट गरेकी छन् ।
आज परराष्ट्र मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेट भएको हो ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तारबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्