काठमाडौँ, ४ बैशाख । चलचित्र ‘पाँच पाण्डव’ले प्रदर्शन मिति तय गरेको छ ।
निर्माण पक्षका अनुसार ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् ।
दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायत मुख्य भूमिकामा रहने छन् ।
काली रानी फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्