राजनीति

पुराना नजिरलाई छाडेर आवश्यकताका आधारमा नयाँ नजिर स्थापित गर्नुपर्छ : सभामुख



काठमाडौँ, ४ बैशाख । सभामुख डोलप्रसाद अर्यालले संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई सरल एवं पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

आज सिंहदरबारमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले आफू सहजै पहुँच (एक्सेस) दिने व्यक्ति भएको उल्लेख गर्दै विगतका कतिपय पुराना नजिरहरूलाई छाडेर समाजको आवश्यकताका आधारमा नयाँ नजिर स्थापित गर्ने बताए ।

हालको संसद कक्ष साँघुरो भएका कारण केही व्यवस्थापकीय कठिनाइ देखिएको स्वीकार गर्दै उनले भने, ‘अहिलेको संसद् भवन नभएकाले संसद कक्ष साँघुरो छ, त्यसैले केही समस्या भएको हो । बैठक कक्षको उचित व्यवस्थापन भएपछि यी सबै कुरा सुध्रिनेछन् ।’

सभामुख अर्यालले नागरिक र सञ्चारकर्मीका लागि संसद्‌लाई खुला र मैत्रीपूर्ण बनाउने योजना सुनाए ।