राजनीति

पार्टीको जिम्मेवारीबोध गरेर हामी सबै अघि बढ्नुपर्छ: सभापति थापा



काठमाडौँ, ५ बैशाख ।  नेपाली कांग्रेस सभापति गगन थापाले सर्वोच्च अदालतले विशेष महाधिवेशन र नयाँ नेतृत्वको कांग्रेसलाई मान्यता दिनेगरी गरेको फैसलाको स्वागत गरेका छन् ।

सर्वोच्च अदालतको आदेशलगत्तै उनले सर्वोच्चको फैसलापछि पार्टीको जिम्मेवारीबोध गरेर आफु सबै अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे ।

सभापति थापाले भने, “सर्वोच्च अदालतको आदेशलाई हामी सबैले स्वीकार गर्नुपर्छ । सर्वोच्चको फैसलापछि पार्टीको जिम्मेवारीबोध गरेर हामी सबै अघि बढ्नुपर्छ ।”