राजनीति

एमालेका सांसदले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने



काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले एमालेका प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको महरले बताए । बाढीपछिको उद्धार कार्य प्रभावकारी हुन नसक्दा नागरिकको ज्यान जोगाउन सकिने अवसर गुमेको उनको भनाइ छ ।

बुधबारबाट सञ्चालन हुने संसद् बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनका लागि माग गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।