काठमाडौँ, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच भेटवार्ता भएको छ ।
सभापतिको बुढानिलण्ठस्थित निवासमा आज भएको भेटमा राजदुत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतीबारे दु:ख ब्यक्त गर्नुभयो । खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उहाँले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभयो । विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चिनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उहाँले दिनुभयो ।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चिनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपालको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हेने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्