काठमाडौँ, १६ जेठ । सबै प्रकारका लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री वालेन्द्र शाहले समाजमा बाधकका रूपमा रहेका पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथाहरू अझै कायमै रहेको बताएका छन् ।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्दै समानुपातिक, समावेशी तथा समतामूलक समाज निर्माण गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् । संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्पष्ट पार्दै उनले राज्यका सबै निकाय तथा संरचनामा महिलाको समानुपातिक र समावेशी प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागितालाई प्रत्याभूत गरेको बताएका छन् ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीका साथै महिला हक र अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्