राजनीति

जित सत्यकै हुन्छ : महासचिव पोखरेल



काठमाडौँ, १६ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भ्रम छिटो फैलने भएपनि अन्त्यमा जित सत्यकै हुने दावी गर्नुभएको छ ।

सरकारप्रति लक्षित गर्दै उहाँले सामाजिक सञ्जालमा एमालेप्रति चर्को आलोचना भइरहेको इगिंत गर्नुभयो । एमाले सत्यको बाटोमा रहेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा आलोचना भएकै भरमा सत्यकुरा लेख्न र बोल्न छोड्नु नहुने धारणा राख्नुभयो ।

उहाँले आज सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सामाजिक सञ्जालमा आलोचना धेरै भयो भनेर सत्य लेख्न कहिल्यै छोड्नु हुँदैन। किनकी भ्रम छिटो फैलिए पनि अन्त्यमा जित सत्यकै हुन्छ ।’