काठमाडौँ, १९ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटकसम्म सफल आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित भएका छन् ।
संघीय संसद सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान गरेका हुन् ।
कार्यक्रममा शेर्पाले सगरमाथा १० औं पटक, ८ हजार मिटरभन्दा माथिका हिमाल ३६ औंपटक र संसारभरी हिमाल सबै जोड्दा लगभग ७० वटा हिमाल आरोहण गरेको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्