राजनीति

सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनबीच भेटवार्ता



काठमाडौँ, १९ जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भाजपाका नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच भेटवार्ता भएको छ । 

भाजपाले सञ्चालन गरिरहेको ‘भाजपालाई जान्नुहोस्’ अभियान अन्तर्गत दुई नेताबीच यो भेटवार्ता भएको हो । यस भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबिच पार्टीगत सम्बन्धको सुरुवात गर्नुका साथै सीमापार राजनीतिक समझदारीलाई थप मजबुत बनाउनु रहेको छ ।

भेटका क्रममा दुवै नेताहरूबिच दलीय संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विस्तृत रूपमा विचार आदानप्रदान गर्ने अवसर मिलेको छ । भारतीय जनता पार्टीले नेपाली प्रतिनिधिमण्डललाई मुख्यालयमा न्यानो स्वागत गर्दै यो भ्रमणबाट दुई पार्टीबीच रचनात्मक संवाद स्थापित हुने अपेक्षा राखेको बताएको छ ।