राजनीति

घुस लिएको ठहरसहित प्रदेश सांसदलाई चार वर्ष कैद सजाय



काठमाडौँ, २१ जेठ । योजना छनोटमा बजेटको एक तिहाइसम्म घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका मधेश प्रदेशसभाका सांसद सरोज सिंह दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले घुस लेखदेनको मुद्दामा सिंहलाई दोषी ठहर गरेको हो । दुई साताअघि नै दोषी ठहर भएका सिंहमाथि सजाय निर्धारण गर्दै विशेष अदालतले चार वर्ष कैद एक महिना कैद र ३८ लाख ५० हजार रुपैंया जरिवानाको फैसला सुनाएको हो ।

उनलाई कसुरबापत चार वर्षको कैद सजाय तोकिएको हो भने विशिष्ट पदमा बसेर कसुर गरेको आरोपमा थप एक महिनाको कैद फैसला भएको हो । विशेष अदालतले प्रदेश सांसद सिंहले आफ्नो खातामा बुझेको ३८ लाख ५० हजार रुपैयाँ पनि जफत गर्नुपर्ने आदेश गरेको हो । विशेष अदालतले उनीबाट एक लाख ५४ हजार रुपैंया क्षतिपूर्ति शुल्क असुलेर पीडित राहत कोषमा दाखिला गर्न आदेश दिएको छ ।