काठमाडौँ, २७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सार्वभौम संसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उहाँले आग्रह गर्नुभयो । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उहाँले बताउनुभयो ।
“प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,”अर्थमन्त्री वाग्लेले भन्नुभयो, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।”










प्रतिक्रिया दिनुहोस्