राजनीति

बृहत्तर एकताका लागि संस्थापन पक्षबाट पहल हुनुपर्छ : नेता महत



काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेता प्रकाशशरण महतले पार्टीको बृृहत्तर एकतामा जोड दिएका छन् । 

आज बाँसबारीस्थित निवासमा महतले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापन पक्षबाट पहल हुन नसक्दा उर्जा नथपिएको र कांग्रेसीजन विचलित भएको बताए ।

उनले भने, “विश्वास कमजोर भएको अवस्था छ । बृहत्तर एकता हुन जरुरी छ,” “एकाध भेटघाटबाट एकताबद्ध भएर जाने अभियानले पूर्णता पाउन सक्दैन । यसका लागि गम्भीर छलफल हुनुपर्छ । चाँडोभन्दा चाँडो यस विषयमा निर्णयमा पुग्नु पर्छ ।”

पार्टी एक हुन नसके कांग्रेस कमजोर हुने उनको भनाइ छ ।