राजनीति

संसदीय खेलका खेलाडी सांसदहरु हुन्, सभामुख होइन : महासचिव पोखरेल



काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार माथी उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरु नै हुन् भन्ने स्मरण पनि गराएका छन् । पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभइ सभामुख विपक्षी सांसदहरुसँग बहसमा पनि उत्रिने गरेकोका आपती प्रकट गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो धारणा आएको हो ।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारमाथी उठेका प्रश्नहरुको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय  खेलका खेलाडी सांसदहरु नै हुन् ।’