काठमाडौँ, २९ जेठ । मन्त्रिपरिषद् बैठकका मुख्य तीन निर्णय सार्वजनिक भएको छ ।
आज बसेको बैठकले मुख्य तीन निर्णयमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वको कार्यदलको म्याद एक महिना थप गर्ने सरकारले निर्णय गरेको हो ।
यस्तै अर्को निर्णयमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग(रावल आयोग)को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने रहेको छ ।
यस्तै अर्को मुख्य निर्णयमा लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय भएको छ ।











प्रतिक्रिया दिनुहोस्