राजनीति

रास्वपाद्वारा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता



रास्वपाले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति गगन थापालाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ ।

असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ । दुवै नेतालाई निमन्त्रणापत्र पुगिसकेको छ ।

तर सहभागी हुने कि नहुने भन्ने अझै निर्णय नभएको थापा र ओली निकट सचिवालय स्रोतले जानकारी दिएको छ ।