राजनीति

मन्त्रीले नियमावली उल्लंघन गरेकामा सांसद महरको आपत्ति



काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक रमेश मल्लले बोल्दै गर्दा दुई मन्त्रीहरू अगाडिबाट हिँडेपछि उनले नियमापत्ति गरेका हुन् ।

उनले भने, “प्रतिनिधिसभाको गरिमा र मर्यादा राख्नु सबैको जिम्मेवारी हो, सरकारको त अझ बढी जिम्मेवारी हो । प्रतिनिधिसभा नियमावलीको नियम २० (छ) मा सभामुखको आसन तथा बोलिरहेको बीचमा हिँड्न नहुने भन्ने व्यवस्था छ,” “भर्खरै माननीय रमेश मल्लले बोल्दै गर्दा दुईजना मन्त्रीहरू अगाडिबाट हिँडिरहनुभएको छ । यो नियमावलीको सँगै सभामुख र बैठकको मर्यादामाथिको उल्लंघन हो । सभामुख महोदय, यसरी नियम उल्लंघन नगर्नका लागि रुलिङ होस् ।”