काठमाडौँ, ५ असार । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्नेछन् ।
सांसद् खडकबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनेर राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृतिका प्रस्ताव प्रस्तुत गर्नेछिन् ।










प्रतिक्रिया दिनुहोस्