काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनअन्तर्गतको निर्वाचनमा कुनै पनि गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिलाई निर्देशन दिएका छन् ।
महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै उनले चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै भित्रभित्रै नाम पठाउने र फोनबाट भोट माग्ने जस्ता अस्वस्थ गतिविधि नगर्न सचेत गराएका हुन् । रास्वपालाई यहाँसम्म ल्याइपुर्याउन नेपाली नागरिकले अथाह विश्वास गरेको भन्दै उनले अब उपलब्धिलाई परिणाममा बदल्ने बेला आएको बताए ।
संसारको राजनीतिक इतिहासमै विरलै हुने गरी पहिलो महाधिवेशनअगावै पार्टीले झण्डै दुई तिहाइको सरकार प्राप्त गरेको दाबी गर्दै उनले यसको महिमागान मात्र गाएर हिँड्न नहुनेमा जोड दिए । उनले भने, ‘सपना देख्दैमा र चाहना राख्दैमा अटो पाइलटमा गएर आफैँ पूरा हुँदैन, यसका लागि केही कदम चाल्नैपर्छ ।’










प्रतिक्रिया दिनुहोस्