राजनीति

क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : सभापति थापा



काठमाडौँ, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका छन् । 

मंगलबार झापामा कार्यकर्ता भेलामा सभापति थापाले अद्यावधिक नगर्नेलाई नयाँ बनाइएको सदस्यताको सिस्टमले नै पार्टी सदस्यका रूपमा नचिन्ने बताएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरूले क्रियाशील अद्यावधिक गरेका छैनन् ।

सभापति थापाले भने, ‘अद्यावधिक नभएको कोही पनि साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यका रूपमा चिन्दैन । अब मैले के गर्ने ? मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल भन्छु तर अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने बेला नाम वडामा आउँदैन ।’