काठमाडौँ, १६ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश गरिएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका निम्ति पक्राउ गरिएका पौडेल हाल थुनामा छन् । उनकी पत्नी दोमाया पौडेलले यही असार १० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
पौडेलका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार प्राविधिक आदेश भएको हो । दीपक भट्टको फायल पेस गर्नू भन्ने आदेश भएकाले अर्को सुनुवाइ कुर्नुपर्ने भएको हो । आज यस्तो आदेश गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्