राजनीति

पूर्वडीआईजी ठकुरीको निधन 



काठमाडौँ, १७ असार । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेका अनुसार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा पूर्वडीआईजी चन्दको निधन भएको हो । गाडी पुछिरहेका बेला एक्कासि भुइँमा लडेपछि चन्दलाई अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालबाट डिस्चार्ज भएपछि घरमा पुगेका उनको स्वास्थ्य अवस्था विग्रिएपछि फेरि अस्पताल लगिएको थियो ।