काठमाडौँ, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा अपराह्न १२ः३० बजेबाट बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल हुने बताइएको छ ।
राप्रपाले आगामी मंसिर २६ देखि २८ गते काठमाडौँमा महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्