अर्थ

साउनदेखि लागु हुने नयाँ तलब सार्वजनिक



काठमाडौँ, २१ साउन । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । 

यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो ।

सो अनुसार मुख्य सचिवको सुरुको तलबमान ८४ हजार ९३२, राजपत्रांकित विशिष्ट श्रेणीको रु ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)का लागि रु ६६ हजार ५३९ तोकेको छ । राजपत्रांकित प्रथमको लागि रु ६२ हजार ४६६ तोकिएको छ । राजपत्रांकित द्वितीयको रु ५३ हजार ६११, राजपत्रांकित तृतीयको रु ४८ हजार ५८ तलबमान तोकिएको छ । 

राजपत्र अनंकित प्रथम अतिरिक्त मान पेन्सनको लागि ४१ हजार ५१७, राजपत्र अनंकित प्रथम ३८ हजार २०३, राजपत्र अनंकित द्वित्तीय अतिरिक्त मान पेन्सन ३७ हजार ४०७, राजपत्र अनंकित द्वितीय ३६ हजार १९२, राजपत्र अनंकित तृतीयको लागि ३० हजार ३७३ र राजपत्र अनंकित चर्तुर्थको लागि २८ हजार ६९० तोकिएको छ ।