राजनीति

प्रधानमन्त्री शाहलाई मनीष झाको जवाफ : महान् जनादेश पाएको सरकार एक्लो छैन



काठमाडौँ, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

उनले भनेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन ।’