राजनीति

तीन निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा



काठमाडौँ, २६ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल, काठमाडौँले तीन वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । 

कार्यालयको २०८३ साउन २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम साउन २६ गते सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी गराइएको हो ।