काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् ।
उनी आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए ।
देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए । आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन् ।










प्रतिक्रिया दिनुहोस्