काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आउँदो शुक्रबार (भदौ ५) बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकका एजेन्डा तय हुन बाँकी रहेको उनले उल्लेख गरे ।
“बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेकाले तयार भएलगत्तै सूचित गरिनेछ,” महामन्त्री आचार्यले भनेका छन् । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्