काठमाडौँ, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दैछ ।
दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पार्टीको निर्णय विपरीत बागमती प्रदेशमा संसदीय दलका नेता उद्धव थापाले नेकपा (एमाले)बाट मुख्यमन्त्रीको उम्मेदवार रहेका किरण थापालाई समर्थन गरेको विषयमा निर्णय लिन बैठक बोलाइएको श्रेष्ठले बताए ।










प्रतिक्रिया दिनुहोस्