राजनीति

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता



काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधान संशोधन कार्यदलको बैठक आज बस्ने भएको छ ।

दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए । पार्टी सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । पछिल्लो समय सत्ता पक्षकै सांसदहरूको गतिविधि अराजक बन्दै गएपछि संसदीय मर्यादा कायम राख्न विधान संशोधन गर्न लागिएको हो । यसैगरी कार्यदलले पूर्णता पाएको सचेतक परियारले जानकारी दिए । 

कार्यदलको संयोजकमा कवीन्द्र बुर्लाकोटी, सदस्यहरु प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा.राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी, समिना मियाँ रहेका छन ।