काठमाडौँ, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ ।
खरिद-बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए ।
तिहारमा सुन-चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ मानिसहरुले यस्ता सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने भएकाले राष्ट्र बैंकले विशेष रुपमा बिक्री खुला गर्दछ ।










प्रतिक्रिया दिनुहोस्