काठमाडौँ, ५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे संसदबाट विश्वासको मत लिने भएका हुन् । एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको लागि भदौ ३ गते दाबी पेस गरेका उनले भदौ ४ गते नियुक्ति लिएका थिए भने प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्