राजनीति

रास्वपा प्रवक्तामा जगदिश खरेल मनोनित



काठमाडौँ, ५ भदौ । पूर्वसञ्चारमन्त्री जगदिश खरेल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्तामा मनोनित भएका छन् ।

आज बसेको रास्वपा केन्द्रीय समितिको वैठकले उनलाई प्रवक्तामा मनोनयन गरेको हो ।

खरेल गत आम निर्वाचन अगाडि मात्रै रास्वपा प्रवेश गरेका थिए । उनी लामो समयदेखि सञ्चारकर्ममा क्रियाशील रहेर राजनीतिमा होमिएका हुन् । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारमा उनी सञ्चारमन्त्री थिए ।